रास्फोर्डलाई प्रतिष्ठित अवार्ड

इंग्ल्यान्ड तथा म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर मार्कस रास्फोर्डले बेलायतको प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन् । महामारीका समयमा परोपकारी काम गरेको भन्दै रास्फोर्डलाई प्रतिष्ठित ‘अर्डर अफ द ब्रिटिस एम्पायर (एमबीई) अवार्ड प्रदान गरिने भएको हो ।

रास्फोर्डले कोरोना भाइरसको महामारीको समय आर्थिक अवस्था कमजोर भएका स्कुले बालबालिकाका लागि निःशुल्क खाना खुवाउने अभियान चलाएका थिए । रासफोर्डको अभियानलाई बेलायत सरकारले समेत समर्थन गरेको थियो । सोही परोपकारी कामका लागि रास्फोर्डलाई एमबिई अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो ।

रासफोर्डले चलाएको अभियानबाट आर्थिक अवास्था कमजोर भएका १ लाख ३० हजार बालबालिका लाभान्वित भएका थिए । रास्फोर्डको सो अभियाले चर्चा पाएपछि बेलायती महारानी एलिजावेथ आफैंले रास्फोर्डलाई एमबिई अवार्डको लिस्टमा राखेकी थिइन् ।

अवार्ड आफूलार्इृ प्रदान गर्ने निर्णय भएपछि रास्फोर्डले परिवारको सहयोगले यो सम्भव भएको बताए । उनले एमबिई अवार्डको हकदार आफ्नो आमा भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘यो ुअविश्वसनीय छ । काला जातिको रूपमा मैले एमबीई पाउने कहिल्यै सोचेको थिइनँ । विशेष गरी मेरो आमा यो सम्मानको योग्य हुनुहुन्छ ।’ रास्फोर्डले यो आफू र परिवारका लागि एकदम विशेष क्षण भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP