योङले युनाइटेड छाडेपछि मगुएर बने कप्तान

ह्यारी मगुएर म्यानचेस्टर युनाइटेडका पूर्णकालिन कप्तान बनेका छन् । प्रशिक्षक ओले गुन्नार सोल्सायरले मुग्याएर क्बलका पूर्णकालिन कप्तानमा नियुक्त भएको पुष्टी गरेका छन् ।

इंग्ल्याण्डका डिफेन्डरलाई सोल्सायरले कप्तानको जिम्मेवारी दिएका हुन् । यो समरमा मुग्याएर लेस्टर सिटीबाट किर्तिमानी रकम ८० मिलियन पाउण्डमा युनाइटेड आएका थिए ।

युनाइटेडका कप्ता एस्ले योङले क्लब छोड्ने भएका छन् । योङले छोड्ने भएपछि सोल्सायरले योङको जिम्मेवारी मुग्याएरलाई दिएका हुन् । सिजनको सुरुवातमा योङलाई कप्तान घोषणा गरिएको थियो । योङले आज (शुक्रबार) इटालिन क्लब इन्टर मिलानमा मेडिकल गर्ने डेली मेलले जनाएको छ ।

३४ बर्षिय योङ १.५ मिलियन पाउण्डमा इन्टर गएका हुन् । सोल्सायरले मुग्याएरमा नेतृत्व गर्ने क्षमता रहेको बताएका छन् । २६ बर्षिय मगुएरले आइतबार राति लिभरपुल विरुद्धको खेलमा पूर्णकालिन कप्तानको जिम्मेवारी निभाउनेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.