मैत्रीपूर्ण खेलमा एभर्टनमाथि युनाइटेडको सहज जित

सिजिन सुरु हुनुअघिको अन्तिम मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ। शनिबार साँझ ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेनडले एभर्टनमाथि ४–०को सहज जित निकाल्यो ।

प्रिसिजनको अन्तिम खेलमा युनइटेडलाई जित दिलाउन मासन ग्रीनउड, कप्तान ह्यारी मगुयर, ब्रुनो फर्नान्डेस र डिएगो डालोटले गोल गरे।

८औं मिनेटमा ग्रीनउडको गोलमा युनाइटेडले अग्रता लियो। १५औं मिनेटमा मगुयरको गोल युनाइटेडले २–०को अग्रता लियो। २९औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पहिलो हाफमै युनाइटेडलाई ३–०को अग्रता दिलाए।

त्यसपछि ९०औं मिनेटमा डालोटले गोल गरेपछि अन्तिम अभ्यास खेलमा युनाइटेडले ४–०को सहज जित निकाल्यो। युनाइटेडले आगामी शनिबार लिड्स युनाइटेडसँग खेल्दै प्रिमियर लिगको सुरुआत गर्ने छ। यता, एभर्टनले पहिलो खेल सोही दिन साउथह्याम्पटनसँग खेल्ने छ।

यसैगरी शनिबार नै भएको मैत्रीपूर्ण खेलमा अर्को प्रिमियर लिग क्लब वुल्भ्स भने पराजित भयो । उ स्पेनिस क्लब सेल्टाभिगोलाई १–०ले पराजित भयो । सेल्टाभिगोका लागि पहिलो हाफमा इयागो आसपासले पेनाल्टीमा निर्णायक गोल गरे।

Facebook Comments Box