रास्फोर्डको ह्याट्रिकमा युनाइटेडको सानदार जित, पिएसजीले स्तानबुललाई हरायो

Read Time:2 Minute

मार्कस रास्फोर्डले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले सानदार जित निकालेको छ । च्याम्यिन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा युनाइटेडले आरबी लेइपजिगलाई ५–०ले हरायो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन रास्फोर्डले ह्याट्रि«क गरे भने मासन ग्रीनउड र एन्थोली मार्सियल समान १ गोल गोल गरे । दोस्रो हाफमा मौदान प्रवेश गर्दै रोस्फोर्डले ह्याट्रिक गरेका हुन् ।

२१औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ १–०मै सकियो । तर, दोस्रो हाफमा रास्फोर्ड, ब्रुनो फर्नान्डेस र इडिन्सन काभानी मैदानमा प्रव्श गरेपछि युनइटेडले थप ४ गोल गरेको थियो ।

रोस्फोर्डले ७४ र ७८औं मिनेटमा गोल गर्दै युनाडेटलाई ३–०को अवस्थामा ल्याए । ८७औं मिनेटमा एन्थोनी मार्सियलले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता ४–०को अग्रता दिलाए । इन्जुरी समयको दोस्रो मिनेटमा रोस्फोर्डले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ५–०को जित दिलाए । यो युनाइटेडको लागतार दोस्रो जित हो ।

यसैगरी च्याम्यिन्स लिग अन्तर्गत नै बुधबार राति नै भएको अर्को खेलमा गत सिजनको फाइनलिस्ट इस्तानबुललाई २–०ले पराजित गरेको छ । पिएसजीलार्य जित दिलाउने क्रममा यसैसिजन लोनमा आएका युवा खेलाडी मोइन केनले दुवै गोल केलियन एम्बप्पेको पासमा गरेका थिए । जितका बाबजुत खेलको सुरुवातमै नेमार घाइते भएपछि पिएसजीलाई घाटा भएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

20 thoughts on “रास्फोर्डको ह्याट्रिकमा युनाइटेडको सानदार जित, पिएसजीले स्तानबुललाई हरायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रोनाल्डोविनाको युभेन्ट्स बार्सिलोनासँग पारजित, चेल्सीको सहज जित
Next post नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट
Close