युनाइटेडले गुमायो तेस्रो स्थानमा उक्लिने मौका, साथउह्याम्पटनसँग रोकियो

म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिने सुनौलो अवसर खेर फालेको छ । सोमबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा साउथह्याम्पटनसँग २–२ गोलको बराबरीमा रोएिपछि युनाइटेडले तेस्रो स्थानमा उक्लने सुनौलो अवसर गुमाएको हो ।

इन्जुरीसमयमा सम्हालिन नसक्दा युनाइटेडले तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको थियो । जित निकालेको भए युनाइटेड चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिने थियो र, च्याम्पियन्स लिग लगभग पक्का गर्ने थियो ।

बराबरीपछि युनाइटेड ५९ अंकका साथ पाचौं स्थानमा छ । समान अंक जोडेको लेस्टर सिटी चौथो र ६० अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । अब युनाइटेडले क्रिस्टल प्यालेस, वेस्टह्याम र लेस्टर सिटीसँग खेल्न बाँकी छ । उसलाई च्याम्पियन्स लिग छनोटका लागि लेस्टर सिटीलाई पराजित गर्नुपर्ने छ ।

खेलमा युनाइटेडका मार्कुस रास्फोर्ड र एन्थोनी मार्सियलले गोल गरेका थिए भने साउथह्याम्पटनका टुअर्ट आर्मस्ट्रो र माइकल ओबाफेमी गोल गरेका थिए । युनाइटेडको मैदानमा अग्रता साउथह्याम्पटनले लियो । १२औं मिनृटमा आर्मस्ट्रोले गोल गरेपछि साउथह्याम्पटनले अग्रता लियो ।

२०औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको तीन मिनेट पछि नै २३औं मिनेटमा मार्सियलले गोल गर्दै यनाइटेडलाई २–१ को अग्रता दिलाए । पहिलो हाफ २–१ मै सकियो ।

बराबरीतर्फ उन्मूख खेलमा इन्जुरी समयको छैठौं मिनेटमा गोल गर्दौ साउथह्याम्पटनले युनाइटेडबाट १ अंक खोस्यो । उसका माइकल ओबाफेमीले गोल गरेका थिए । साउथह्याम्पटन ४२ अंकका साथ १२औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.