इपिएल : युनाइटेड र टोटनह्याम भिड्दै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति हेभिवेट भिडन्त हुने छ । टोटह्याम हट्सपर रंगाशालामा हुने खेलमा टोटनह्यामले पाहुना टिम म्यानचेस्टर युनाइटेडको सामाना गर्ने छ ।

कोरोना भाईरसको महामारीबीच सुचारु लिगपछि युनाइटेडले पहिलो खेलमा टोटेनहमसँग खेल्न लागेको हो । दुवै टिम जित निकाल्ने लक्ष्यमा हुनेछ । त्यसैले दुई टिमबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

घरेलु मैदानमा टोटेनहम जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । लिगको आठौं स्थानमा रहेको टोटेनहमले ४१ अंक जोडेको छ । घरेलु मैदानमा जित निकाले टोटेनहम शीर्ष ६ मा पुग्नेछ । युनाइटेडका पूर्वप्रशिक्षक समेत रहेका जोसे मोरिन्होलाई चोट मुक्त खेलाडीले राहत दिनेछ ।

कप्तान ह्यारी केन र विंगर सन ह्युङ मिन युनाइटेडविरुद्ध खेल्ने छन् । चोटका कारण दुवै खेलाडी लामो समय टिमबाहिर रहेका थिए । चोटकै कारण मैदान बाहिर रहेका मिडफिल्डर मौसा सीसीको समेत युनाइटेडविरुद्धको खेलबाट मैदान फर्कने बताईएको छ । प्रतिबन्धका कारण डेली अली टिम बाहिर रहेका छन् ।

ओले गुनर सोल्सायरले टोटेनहमविरुद्ध लामो समय मैदान बाहिर रहेका पाउल पोग्बालाई मैदान उतार्ने सम्भावना रहेको छ । चोटका कारण मिडफिल्डर पोग्बा गत सेप्टेम्बरबाट खेलेका छैनन् ।

बलियो युनाइटेडविरुद्ध जित निकाल्न टोटेनहमलाई सहज भने हुने छैन । किनकि युनाइटेड पनि जित निकाल्दै चौंथो स्थानमा उक्लन चाहन्छ । पाँचौं स्थानको युनाइटेडले ४५ अंक जोडेको छ । घरेलु टोलीलाई पराजित गरे युनाइटेड चौंथो स्थानमा उक्लने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.