रास्फोर्ड चम्किँदा युनाइटेडको जित

Read Time:1 Minute

मार्कस रास्फोर्डले उत्कृष्ट प्रदर्शन गरेपछि म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। आइतबार राति भएको भएको खेलमा रास्फोर्डको २ गोल मद्दतमा युनाइटेडले लेस्टर सिटीमाथि ३-० जित निकाल्यो।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा रासफोर्डले २५औं मिनेटमा ब्रुनो पर्नान्डेजको पासमा गोल गरे । यस्तै ५६औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गरे ।

युनाइटेडका लागि जाडोन सान्चोले ६१औं मिनेटमा ब्रुनोकै पासमा गोल गरे।

जितपछि तेस्रो स्थानको युनाइटेडको २४ खेलबाट ४९ अंक भएको छ। युनाइटेडले दोस्रो स्थानको सिटीसँग अंकदूरी ३ मा छोठ्याएको छ। आर्सनल २३ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा छ ।

Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ला लिगामा बार्सिलोनालाई ८ अंकको अग्रता
Next post वेस्टहमलाई हराउँदै टोटनहम शीर्ष ४ मा
Close