
फिफाले दियो रोनाल्डोलाई स्पेसल अवार्ड
Read Time:1 मिनेट
पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलेलाई फिफाले स्पेसल अवार्ड प्रदान गरेको छ। सोमबार राति स्वीट्जरल्यान्डको जुरिचमा आयोजित ‘फिफा अवार्ड’ समारोहमा रोनाल्डोले फिफाले स्पेलस अवार्ड दिएको हो।
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गरेकाले फिफाले रोनाल्डोलाई स्पेलश अवार्डबाट सम्मान गरेको हो । यसै वर्ष अली दाइको सर्वाधिक गोल गर्ने कीर्तिमान तोडेका ३६ वर्षीय रोनाल्डोले कुल ११५ गोल गरको छन्।
यसैगरी फिफा फ्यान अवार्ड डेनमार्क र फिनल्यान्डले प्राप्त गरेको छ भने फेयर प्ले अवार्ड डेनमार्कको राष्ट्रिय फुटबल टिमले जित्यो । यस्तै पुस्कार अवार्ड टोटनहमका स्ट्राइरक इरिक लामेलाले जिते।