क्लब फुटबलफुटबल

साडियो माने अल नासरमा

सेनेगलका स्टार स्ट्राइकर साडियो माने साउदी क्लब अल नासरमा आबद्ध भएका छन्। उनी जर्मन क्लब बायर्न म्युनिखबाट अल नासरमा आबद्ध भएका हुन्।

३१ वर्षीय स्ट्राइकरलाई भित्रृयान अल नासरले २४ मिलियन पाउण्ड खर्चियो। उनी अघिल्लो सिजन मात्र लिभरपुलबाट बायर्न पुगेका थिए।

मानेले अल नासरसँग ४ वर्षको सम्झौता गरेका छन्। अल नासरमा उनले वार्षिक ३४ मिलियन पाउण्ड पारिश्रमिक पाउने छन्।

बायर्नका लागि ३८ खेलमा १२ गोल गरेका मानेले लिभरपुलमा उत्कृष्ट प्रदर्शन गर्दै २६९ खेलमा १२० गोल गरेका छन्। लिभरपुलमा उनले च्याम्पियन्स लिग, प्रिमियर लिग उपाधि जितेका छन्।

गत सिजन रोनाल्डो आबद्ध भएपछि अहिले साउदी प्रो लिग खेलाडीहरुको आकर्षक गन्तव्य बनेको छ। यो सिजन अल नासरले मानेसँगै मार्सेलो ब्रोजोभिच, सेसोक फोफाना, एलेक्ल टेलेसलगायत खेलाडीलाई अनुबन्धन भएका छन्।