बायर्नले जित्यो जर्मन सुपर कप

Read Time:2 मिनेट

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ। शनिबार राति भएको खेलमा आरबी लाइप्जिगलाई ५–३ गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको हो।

रेड बुल एरिना लाइप्जिगमा शनिबार राति भएको खेलमा बायर्नलाई जिताउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले गोल गरे। लाइप्जिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर एनकुकु र ड्यानियल ओल्मोले गोल गरेका थिए।

खेलको १४औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नले सुरूआती अग्रता लिएको थियो। ३१औं मिनेटमा मानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । यसै सिजन लिभरपुलबाट बायर्न आएका माने डेब्यूमा गाेल गर्न सफल भए। इन्ज्युरी समयको पहिलो मिनेटमा पाभार्डले गोल गरेपछि बायर्न पहिलो हाफमा ३–० ले अघि बढ्यो।

खेलको ५९औं मिनेटमा मार्सेल हाल्सटेनवर्गले गोल गर्दै लाइप्जिगलाई खेलमा फर्कने संकेत दिए। तर ६६ औं मिनेटमा जिनाब्रीले गोल गरेपछि बायर्नले ४–१ को अग्रता बनायो।

खेलको ७७ औं मिनेटमा क्रिस्टोफोर एनकुकुले पेनाल्टीमा गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए। ८९औं मिनेटमा ड्यानियल ओल्मोले गोल गर्दै खेललाई ४–३ को रोमाञ्चक स्थितिमा पुर्‍याए। तर इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई च्याम्पियन बनाए ।

सुपरकपको सर्वाधिक सफल बायर्नले लगातार तेस्रो पटक तथा समग्रमा १० औं पटक उपाधि जितेको हो। यसअघि बायर्नले १९८७, १९९०, २०१०, २० १२, २०१६, २०१७, २०१८, २०२० र २०२१ म उपाधि जितेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सिटीलाई हराउँदै लिभरपुले जित्यो कम्युनिटी सिल्ड
Next post उपाधि जित्ने लक्ष्य बनाएको नेपाली युवा टिम भारतसँग भिड्दै
Close