भारतविरुद्ध यस्तो छ नेपालको प्लेइङ सेट, सुजल र मनिष सुरुआतमै, अन्जन बेन्चमा

Read Time:1 मिनेट

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरीले नेपाली टिमको प्लेइङ सेट सार्वजनिक गरेका छन्। साँझ ५ः३० बजे दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि तीन परिवर्तन गर्दै प्रशिक्षक अल्मुताइरीले नेपालको प्लेइङ सेट सर्वाजनिक गरेका हुन्।

दोस्रो मैत्रीपूर्ण खेलमा प्रशिक्षक अल्मुताइरीले सुजल श्रेष्ठ, मनिष डाँगी र आशिष लामालाई पहिलो रोजाइमै मौका दिएका छन्। यी तीनै खेलाडीले पहिलो मैत्रीपूर्ण खेलमा मौका पाएका थिएनन्। सुजलले लामो समयपछि नेपाली टिममा पुनरागमन गरेका हुन्।

यस्तै, प्रशिक्षक अल्मुताइरीले पहिलो खेलमा नेपालका लािग गोल गरेका अञ्जन विष्टलाई दोस्रो खेलमा बेन्चमै राखेका छन्। पहिलो खेल १–१को बराबरीका सकिएको थियो।

किरण चेम्जोङको कप्तनीमा रहेको नेपाली टिमको डिफेन्समा अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ र सुजल श्रेष्ठ रहेका छन्। यस्तै, मडफिल्डमा पुजन उपरकोटी, सुमन लामा र तेज तामाङ छन् भने स्ट्राइकिङमा मनिष डाँगी, आयुष घलान र आषिश लामा रहेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post काठमाडौं किंग्सको प्रशिक्षकमा कलाम अली
Next post किरणले बने नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी
Close