क्लब फुटबलफुटबल

पोचेटिन्होले आँखा लगाएका मिडफिल्डर पिएसजीले गर्‍यो ‘हाइज्याक’

यसै महिना लन्डन क्लब चेल्सीको मुख्य प्रशिक्षक बनेका माउरिसियो पोचेटिन्होले टिमलाई थप बलियो बनाउन युवा मिफिल्डर म्यानुअल उगार्टे भित्र्याउने प्रयास गरेको थियो। तर, उगार्टेलाई पोचेटिन्होकै पूर्वक्लब पिएसजीले हाइज्याक गरेको छ।

२२ वर्षीय उरुग्वेनका मिडफिल्डर उगार्टे पिएसी आउने पक्का भएको ट्रान्सफर मार्टेकका विज्ञ फाब्रिसियो रोमानाले जनाएका छन्। उगार्टे मेडिकलका लागि पेरिस आइसकेको रोमानोले उल्लेख गरेका छन्।

पिएसजीले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट उगार्टेलाई ६० मिलियन युरोमा अनुबन्धन गरेको हो। उगार्टे र पिएजीबीच आजै सम्झौता हुने बताइएको छ।

डिफेन्सिफ मिडफिल्डर उगार्टेले २ सिजन स्पोटिङमा बिताउँदा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ८५ खेलमा १ गोल गरेका छन्। उनले यो सिजन च्याम्पियन्स लिग र युरोपा लिगमा उत्कृष्ट खेल खेलको थिए।