‘म्यारोडोना सुपर कप’ हुने, युरो विजेता इटाली र कोपा विजेता अर्जेन्टिना भिड्ने

अर्जेन्टिनी महान फुटबलर डिएगो म्याराडोनोका सम्झनामा ‘म्याराडोना सुपरकप’ आयोजना हुने भएको छ। म्याराडोनाका सम्झनामा ‘म्याराडोना सुपरकप’ आयोजना गर्ने तयारी भएपनि आधारिक घोषण भने भएको छैन।

मैत्रीपूर्ण खेलका रुपमा आयोजना हुने ‘म्याराडोना सुपरकप’मा युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिना भिड्ने छन् । ‘म्याराडोना सुपरकप’ आयोजनाबारे यूईएफए र कोन्मेबोलबीच छलफल भइरहेको र चाँडै खेलको मिति तया गरिने बताइएको छ।

इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा आउँदै इटाली युरो च्याम्पियन बनेको थियो भने २८ वर्ष कोपा च्याम्पियन बन्ने क्रममा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो।

Facebook Comments Box