लेइपजिगका साबिट्जर बायर्नमा

बुन्डेसपिलगा क्लब आरबी लेइपजिगका अस्ट्रियन मिडफिल्डर मार्सल साबिट्जर बायर्न म्युनिखमा आबद्ध भएका छन्।
बायर्नले मिडफिल्डर साबिट्जरलाई १६ मिलियन युरोमा अनुबन्धन गरेको हो।

२७ वर्षीय अस्ट्रियन मिडफिल्डरले साविट्जरले बायर्नसँग ४ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२५ सम्म बायर्नमा रहने छन्। बायर्नले साबिट्जरलाई १८ नम्बरको जर्सी दिएको छ।

साबिट्जर सन् २०१४मा अस्ट्रियन क्लब रापिड विनबाट लेइपजिग आएका थिए । सोही लेइपजिगले साविट्जरलाई लोनमा अर्को अस्ट्रियन साल्जवर्गमा लोनमा पठायो ।

त्यहाँ उत्कृष्ट प्रदर्शन गरेपछि उनी लेइपजिग नै फर्किए। साल्जवर्गमा उनले ५१ खेल खेल्दै २७ गोल गरेका थिए । लेइपजिगमा ७ सिजन बिताउँदा उनले २२९ खेलमा ५२ गोल र ४२ असिस्ट गरेका थिए । लेइपजिगलाई बुन्डेसलिगामा बढुवा गराउन उनको भूमिका महत्वपूर्ण थियो।

अष्ट्रियाका लागि साबिट्जरले ५४ खेलमा ८ गोल गरेका छन्।

Facebook Comments Box