क्लब फुटबलफुटबल

पिएसजी जाँदै असेन्सियो

स्पेनिस क्लब रियल मड्रिडका अट्याकिङ मिडफिल्डर मार्को असेन्सियो फ्रेन्च क्लब पिएसजी जाने तयारीमा छन्। २७ वर्षीय स्पेनिस मिडफिल्डर असेन्सियो यसै महिनाको अन्त्यमा रियलसँगको सम्झौता सकिएपछि फ्रि ट्रान्सफरमा पिएसजी जान लागेका हुन्।

रियलको प्रशिक्षकको रुपमा कार्लो एन्सोलोटीको आगमनपछि असेन्सियोले पहिलो रोजाईमा कमै मात्र अवसर पाएका छन्। त्यसैले उनी रियल छाड्ने मनस्थितिमा पुगेका हुन्।

असेन्सियोले पिएसजी जाने निर्णय गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उनले पिएसजीसँग ‘लङ टर्म’ सम्झौता गर्ने बताइएको छ।

समाचारअनुसार पिएसजीले असेन्सियोलाई वार्षिक १० मिलियन युरो तलब दिनेछ। ला लागिको अझै १ खेल बाँकी रहेकाले सो पछि पिएसजी र असेन्सियोबीच औपचारिक सम्झौता हुने बताइएको छ।

सन् २०१४मा मालोर्काबाट रियल आएका उनले रियलमा ७ वर्ष बिताए। उनले २८५ खेल खेल्दै ६१गोल गरेका छन्। रियलमा उनले ४ क्लब विश्वकप, समान ३ च्याम्पियन्स लिग, ला लिगा र युईएफए सुपर कप गरी कुल १६ उपाधि जितेका छन्।