स्पेनिस अट्याकिङ मिडफिल्डर मार्को असेन्यिोस फ्रेन्च लिग वान च्याम्पियन पिएसजीमा आबद्ध हुने भएका छन्। २७ वर्षीय असेन्सियो फ्रि ट्रान्सफरमा पिएसजीमा आबद्ध हुने भएका हुन्।
ट्रान्सफर विन्डोका विज्ञ इटालियन खेलपत्रकार फाब्रिसियो रोमानोले असेन्सियो पिएसजी जाने पक्का भएको बताए । त्यसका लागि उनका एजेन्ट जर्गे मेन्डिस पेरिस पुगेको रोमानोले बताएका छन्।
आइतबार मात्र सान्टियागो बर्नाबेउमा रियल मड्रिडका लागि अन्तिम खेलका खेलेका असेन्सियो पिएसजीसँग ४ वर्षको रहने सहमति भएको बताइएको छ। असेन्सियोले वार्षिक १० मिलियन पाउण्ड पाउने बताइएको छ। असेन्सियोको स्थानान्तरणको विषयमा औपचारिक घोषणा भने हुन बाँकी छ ।
सन् २०१४मा मालोर्काबाट रियल आएका उनले रियलमा ७ वर्ष बिताए। उनले २८६ खेल खेल्दै ६१गोल गरेका छन्। रियलमा उनले ४ क्लब विश्वकप, समान ३ च्याम्पियन्स लिग, ला लिगा र युईएफए सुपर कप गरी कुल १६ उपाधि जितेका छन्।