भेराटी करिब एक महिना मैदान बाहिर रहने

फ्रेन्च क्बल पिएसजीका इटालियन मिडफिल्डर मार्को भेराटी घाइते भएका छन्। लिग वानअन्तर्गत गत आइतबार भएको मार्सेलीविरुको खेलका क्रममा भेराटी घाइते भएका हुन्।

मार्सेलीविरुद्धको खेलमा भेराटीको देब्रो तिघ्रामा चोट लागेको थियो। सोही चोटका कारण भेराटी चार साता मैदान बाहिर रहने पिएसजीले जनाएको छ।

उनले लिग वान र च्याम्पियन्स लिग गरी ६ खेल गुमउन सक्ने छन् । उनले च्याम्यिन्स लिग अन्तर्गत आरबी लेइपजिग र म्यान्चेस्टर सिटीविरुद्धको खेल गुमाउने छन्।

Facebook Comments Box