भेराटीलाई कोरोना संक्रमण

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का मिडफिल्डर मार्को भेराटीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। इन्टरनेशनल ब्रेकपछि गरिएको परीक्षणमा भेराटीलाई कोरोना संक्रमण देखिएको पिएसजीले उल्लेख गरेको छ।

इटालियन मिडफिल्डर भेराटीलाई दोस्रो पटक कोरोना संक्रमण देखिएको हो । यसअघि गत जनवरीमा पनि उनीलाई कोरोना देखिएको थियो। कोरोना देखिएपछि इटालियन मिडफिल्डर १० दिने सेल्फ आइसोलेसनमा बसेको क्लबले जनाएको छ।

अब भेराटीले च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्धको खेलसमेत गुमाउने छन् । पिएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बायर्नसँग अप्रिल ७ मा खेल्दैछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.