ला लिगा : विल्बाओविरुद्ध एट्लेटिकोको पुनरागमन जित, शीर्ष स्थानमा ६ अंकको अग्रता

स्पेनिस ला लिगामा लिग लिडर एट्लेटिको मड्रिड विजयी भएको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले एथ्लेटिक विल्वाओविरुद्ध १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१को पुनरागमन जित निकाल्यो ।

यो जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। एट्लेटिकोको २६ खेलबाट ६२ अंक छ भने दोसो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ५६ अंक छ। यस्तै, तेस्रो स्थानको रियल मड्रिडको ५४ अंक छ। बिल्बाओले भने ३३ अंकसहित आठौं स्थानमा छ।

एट्लेटिकोको मैदानमा इकर मुनियनले गोल गर्दै एथ्लेटिक बिल्बाओलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा मार्कोस लरेन्टेले गोल गर्दै एट्लेटिकोकोलाई खेलमा फर्काए।

लइस सुआरेजले ५१औं मिनेटमा गोल गरेपछि एट्लेटोले २–१ को अग्रता बनायो । त्यसपछि कुनै गोल नहुँदा सुआरेजको सोही गोल निर्णायक बन्यो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.