अन्ततः बार्सिलोना पुगे मार्कस रास्फोर्ड

20 Jul, 2025

म्यान्चेस्टर युनाइटेडका इंग्लिस स्ट्राइकर मार्कस रास्फोर्ड स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका छन्। बार्सिलोनाले २७ वर्षीय रास्फोर्डलाई युनाइटेडलाई सिजन लामो लोनमा अनुबन्धन गरेको हो।

बार्सिलोनाले आजै रास्फोर्डको अनुबन्धनको औपचारिक घोषणा गर्नेछ। लोन अवधि सकिएपछि ३५ मिलयन युरोमा रोस्फोर्डलाई किन्न विकल्प पनि बार्सिलोनासँग छ।

एथ्लेटिको क्लबका विंगर निको विलियमको ट्रान्सफर अन्तिम समयमा कोल्लायप्स भएको र लुइस डियानको मूल्यको महँगो भएपछि प्रशिक्षक हान्सी फ्लिकले रास्फोर्डलाई रोकेका हुन्। लेस्ट विंग र सेन्ट्रेल स्ट्राइकरका रुपमा खेल्न सक्ने भएकाले पनि फ्लिकको रोजाईमा रास्फोर्ड परेका हुन् ।

रास्फोर्ड आफैं बार्सिलोना आउन आतुर थिए। उनले जनवरी ट्रान्सफर विन्डोदेखि नै बार्सिलोनामा आफ्नो प्रस्ताव पठाएका थिए।

योसँगै १७ वर्षपछि रास्फोर्डले युनाइटेड छाडेका छन्। युनाइटेडकै उत्दापदन रास्फोर्डले कुल ४२६ खेलमा १३८ गोल गरेका छन्। जहाँ दुई एफए कप र एक युरोपा लिग उपाधि जितेका छन्। १० सिजन युनाइटेका फस्ट टिमबाट खेले पनि उनले प्रियिमर लिग भने जित्न सकेनन्।

युनाइटेडमा रुबेन अमोरिमको आगमनपछि युनाइटेडमा रास्फोडको भविष्य संकटमा परेको थियो। सोही कारण उनले गत सिजनको दोस्रो हाफ लोनमा एस्टन भिल्लाबाट खेलेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]