
४ वर्षपछि इटालीको टिममा बालोटेलीको पुनरागमन
Read Time:1 Minute
भेट्रान स्ट्राइकर मारियो बालोटेली इटालीको राष्ट्रिय टिममा फर्किएका छन् । विश्वकप छनोटको प्लेअफका लागि प्रशिक्षक रोबर्टो मान्सिनीले बालोटेलीलाई समेट्दै ३५ सदस्यीय टिम घोषणा गरेका छन्।
३१ वर्षीय स्ट्राइकर बालोटेलीले ४ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्। बालोटेलीले सेप्टेम्बर २०१८ मा नेसन्स लिगमा पोल्याण्डविरुद्धको अन्तिम पटक खेलेका थिए ।
म्यान्चेस्टर सिटी, लिभरपुल, एसी मिलान इन्टर मिलानलगायत क्लबबाट व्यवसायिक फुटबल खेलिसकेका बालोटेली अहिले अहिले टर्कीको एडना डेमिरस्पोरमा आबाद्ध छन् । त्यहाँ उनले यो सिजन २१ खेलमा नौ गोल गरेका छन् ।
सन् २०१० देखि राष्ट्रिय टोलीमा रहेका बालोटेलीले इटालीका लागि ३६ खेलमा १४ गोल गरेका छन्।
विश्वकपमा सिधै छनोट हुन असफल भएको इटालीले प्लेअफमा नर्थ म्यासेडोनियाको सामाना गर्दै छ। खेलमा मार्च २५मा हुनेछ।