घरेलु मैदानमा लिभरपुलको लगातार छैठौं हार, केन र बेल चम्किँदा टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले एन्डफिल्डमा खराब प्रदर्शनलाई निरन्तरता दिएको छ। एन्डफिल्डमा लागतार छैठौं हार ब्यहोर्ने क्रममा लिभरपुल आइतबार राति भएके खेलमा फुलह्यामसँग १–०ले पराजित भयो।

घरेलु मैदानमा लागतार छैठौं हारसँगै लिभरपुल घरेलु मैदानमा लतगार धेरै खेल हार्ने टिमको दोस्रो स्थानमा पुगेको छ। सन् २०१९मा हडर्सफिल्ड घरेलु मैदानम लगातार ७ खेलमा पराजित भएको थियो । यस्तै, लागतार छैठौं हारसँगै लिभरपुलले आफ्नै रेडर्क पनि बराबरी गरेको छ । सन् १०५३–५४ पनि लिभरपुल घरमै लगतार ६ खेलमा पराजित भएको थियो ।

यता, फुलह्यामले भने अवे खेलको अपराजित यात्रालाई ८ खेलसम्म पु¥याएको छ। फुलह्यामले सन् २०१२ पछि पहिलो पटक लिभरपुललाई उसैको मैदानमा हराएको हो ।

फुलह्यामलाई जित दिलाउन मारियो लेमिनाले निर्णायक गोल गरे। लेमिनाले खेलको ४५ औं मिनेटमा गोल गरेका थिए। जितपछि फुलहमले २६ अंक जोडेर १८ औं स्थानमा रहेको छ । लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यसैगरी, गेराथ बेल र ह्यारी केन चम्किएपछि टोटनह्यामले सानदार जित निकालेकोको छ। बेल र केन दुवैले समान २ गोल गरेपछि टोटनह्यमले क्रिस्टल प्यालेसलाई ४–१ ले हरायो।

खेलको २५ औं मिनेटमा बेलको गोलबाट टोटेनहमले अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफमा टोटनह्यामले थप तीन गोल गर्दै जित निकाल्यो।

तर, ४९ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । ५९ औं मिनेटमा केनले गोल गर्दै टिमको अग्रता ३–१ को बनाए । ७६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनहम ४–१ ले विजयी भयो ।

जितसँगै टोटेनहमले २७ खेलमा ४५ अंक जोडेको छ । टोटेनहम लिगको छैटौं स्थानमा उक्लिएको छ। क्रिस्टल ३४ अंक जोडेर १३ औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.