पसालिचको ह्याट्रिकमा एट्लान्टा दोस्रो स्थानमा

ब्रेस्कियामाथि सानदार जित निकाल्दै एट्लान्टा इटालियन सिरि एको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा एट्लान्टाले ब्रेस्कियालाई ६–२ले हरायो

एट्लान्टालाई सानदार जित दलाउन मारियो पलासिचले ह्याट्रिक गरे भने मार्टिन डि रुन, रुस्लान मालिनोस्की र डुवान जापटाले समान एक गोलको योगदान गरे । ब्रेस्कियाका अर्नेस्टो टोरेग्रोसा र निकोलस स्पालिकले गोल गरे ।

पहिलो हाफमै ४–१को अग्रता लिएको एट्लान्टाले दोस्रो हाफमा थप २ गोल गरेको थियो भने ब्रेस्कियाले १ गोल गरेको थियो । पलासिचले दोस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए । आठौं मिनेटमै टोरेग्रोसाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । रुनले २५, मालिनोस्कीले २८ र जापाटाले ३०औं मिनेटमा गोल गर्दै एट्लान्टालाई पहिलो हाफमा ४–१को अग्रता दिलाए ।

दोस्रो हाफमा ३ मिनेट अन्तरमा दुई गोल गर्दै पलासिचले ह्याट्रिक पुरा गरे । उनले ५५ र ५८औं मिनेटमा गोल गरेका थिए । यस्तै, ८३औं मिनेटमा ब्रेस्कियाका स्पालिकले गोल गर्दै अग्रता कम गरे ।

जितसँगै एटलान्टा सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ । उसको ३३ खेलमा ७० अंक छ । शर्षि स्थानको युभेन्ट्सको ७६ अंक छ भने तेश्रो स्थानमा रहेको इन्टर मिलानको र चौथो स्थानमा रहेको लाजियोको समान ६८ अंक छ । ब्रेस्किया भने २१ अंकका पुछारबाट दोस्रो स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.