मार्सियलको ह्याट्रिकमा युनाइटेड विजयी

फ्रेन्च स्ट्राइकर एन्थोनी मार्सियले ह्याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले सहज जित हात पारेको छ । मार्सियलको ह्याट्रिक मद्दतमा बुधबार राति भएको खेलमा युनाइटेड सेफिल्ड युनाइटेडलाई ३–०ले हरायो ।

७औं मिनेटमै मार्सियलले युनाइटेडलाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा पुनः कार्सियलले गोल गरेपछि पहिलो हाफमा युनाइडेले अग्रता दोब्बर बनायो । ७४औं मिनेटमा गोल गर्दै मार्सिलले इपिएलको पहिलो ह्याट्रिक पुरा गरे भने टिमलाई ३–०को जित दिलाए ।

खेलमा युनाइटेडले ६८ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले सेफिल्डकोको पोस्टमा १३ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो । यता, सेफिल्डले भने ४ सट प्रहार गर्दा एउटा मात्र सट फ्रेममा थियो ।

बुधबार राति नै भएका अन्य खेलहरुमा एभर्टनले नर्विच सिटीलाई १–० पराजित गर्दा वुल्भ्सले बर्नमाउथलाई पनि १–०ले नै हरायो । यस्तै, एस्टन भिल्ला र न्युकासल युनाइटेडले भने १–१ गोलका बराबरी खेले ।

जितपछि युनाइटेड ४९ अंकका साथ पाचौं स्थानमा छ भने सेफिल्ड ४४ अंकका साथ आठौं स्थानमा छ । यस्तै, ४९ अंक नै जोडेको वुल्भ्स छैठौं स्थानमा रहँदा ४१ अंकका साथ एभर्टन १०औंमा र २१ अंक जोडेको नर्विच सिटी पुछारमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.