
टिमको भविष्यका बारेमा रोनाल्डोसँग कुरा गर्न चाहन्छन् मार्टिनेज
रोबर्टो मार्टिनेज पोर्चुगलको नयाँ प्रशिक्षक बनेका छन्। बेल्जियमका पूर्वप्रशिक्षक मार्टिनेजलाई पोर्चुगलले फर्नान्डो सान्तोषको स्थानमा मुख्य प्रशिक्षको जिम्मेवारी दिएको हो।
पोर्चुगिज टिमको मुख्य प्रशिक्षक बनेसँगै मार्टिनेजले सुपर स्टार रोनाल्डोसँग कुरा गर्न चाहेको बताएका छन्। मार्टिनेजले पोर्चुगिज टिम र रोनालडोको भूमिकाका विष्यामा विषयमा उनीसँग कुरा गर्न चाहेको बताएका छन्।
विश्वकपका नकआउटका खेलमा प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई बेन्चमै राखेका थिए । पोर्चुगल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।
मार्टिनेजले रोनाल्डोसँग मात्र होइन, विश्वकप खेलेका २६ जना खेलाडीसँगै कुरा गर्ने र उत्कृष्ट टिम निर्माण गर्ने बताएका छन्। ‘रोनाल्डो १९ वर्षदेखि टिममा छन्, उनी सम्मानको हकदार छन् । म उनीसँग कुरा गर्न चाहन्छु, र, एक–अर्कालाई चिन्न चाहन्छौं,’ मार्टिनेजले भनेका छन्।
थुप्रै स्टार खेलाडीहरु रहेको पोर्चुगललाई उत्कृष्ट टिम बनाउने प्रतिबद्धता जनाउँदै मार्टिनेजले आफूले डिसिजन अफिसमा नभएर मैदानमा गर्ने बताएका छन्।