फिफा वेस्ट अवार्ड : विश्वकप विजेता स्कोलानी र मार्टिनेज उत्कृष्ट

Read Time:1 Minute

विश्वप फुटबल महासंघ (फिफा)ले प्रत्येक वर्ष प्रदान गर्ने ‘फिफा वेस्ट अवार्ड’ कतार विश्वकपको विजेता अर्जेटिनी टिमको बर्चश्व रह्यो।

सोमबार राति पेरिसमा भएको समारोहमा अर्जेन्टिनी कप्तान लियोनल मेसीले फिफाको पुरुष वर्ष खेलाडी बने भने मुख्य प्रशिक्षक लियोनल स्कोलानी र गोलकिपर इमिलानो मार्टिनेजले पनि अवार्ड जिते।

अर्जेन्टिनालाई ३६ वर्षपछि विश्व च्याम्पियन बनाएका स्कोलानी फिफाको उत्कृष्ट प्रशिक्षक बने । यसक्रममा उनले रियल मड्रिडका कार्लो एन्सोलोटी र म्यान्चेस्टर सिटीका पेप ग्वार्डिओलालाई पछि पारे। स्कोलानी विश्वकप उपाधि जित्नै सबैभन्दा कान्छा प्रशिक्षक हुन्।

यस्तै, गोलपिकर मार्टिनेजले फिफाको उत्कृष्ट गोलरक्षक बनेका छन्। विश्वकपमा गरेको प्रदर्शनकै आधारमा उनले रियलका थिवाउट कोर्टुवा र मोरक्कोका यासिन बोनोउलाई पछि पारे।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसीले जित ‘फिफा बेस्ट’ अवार्ड
Next post इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सनसनीपूर्ण जित
Close