
बलात्कार आरोपमा युनाइटेडका स्ट्राइकर ग्रीनउड पक्राउ
Read Time:1 Minute
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका युवा स्ट्राइकर मासन ग्रीनउड पक्राउ परेका छन् । प्रमिकामाथि बलात्कार र कुटपिट गरेको आरोपमा ग्रीनउडलाई प्ररहीले आइतबार पक्राउ गरेको हो।
इंग्ल्यान्ड प्रहरीले ग्रीनउड पक्राउ गरेको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। प्रेमिका ह्यारिट रोब्सनले सामाजिक सञ्जालमार्फत ग्रीनउडले बलात्कार र कुटपिट गरेको आरोपमा लगाएकी थिइन् ।
रोब्सनले इस्टाग्रामको स्टोरीमा ग्रीनउडले आक्रमण गरेको भन्दै रगत बगिरहेको र शरीरमा निलडाम भएको तस्बिर सार्वजनिक गरेकी थिइन्।््
यसैगरीबीच म्यान्चेस्टर युनायटेडले ग्रीनउडलार्य निलम्बन्धन गरेको छ। उसनले अर्को सूचना नआउन्जेलसम्म प्रशिक्षण गर्न नदिने र कुनैपनि खेल पनि खेल्न नदिने जनाएको छ।