ग्रीनउडले युरोकप गुमाउने

इंग्ल्यान्डका युवा स्ट्राइकर मासन ग्रीनउडले असन्न युरोकप फुटबल गुमाउने भएका छन् । म्याचेस्टर युनाइटेडका १९ वर्षीय स्ट्राइकर ग्रीनउडले चोटका कारण युरोकप गुमाएका हुन् ।

युरोकपका लागि घोषणा गरिएको ३३ सदस्यीय प्रारम्भिक टिममा रहेका ग्रीनउडले चोटका कारण पूर्णरुपमा फिट नभएपछि युरोकपको टिमबाट नाम फिर्ता लिएका हुन् ।

युरोकप नखेल्ने भएपछि ग्रीनउड युनाइटेडको प्रिसेसनमा सहभागी हुने बताइएको छ।

ग्रीनउडले युनाइटेडका लागि १०५ खेल्दै २९ गोल गरेका छन् । यो सिजन उनले ५२ खेलमा १२ गरेका छन्।

Facebook Comments Box