सरु, एन्जिला, अनिता र गीतासम्मित मासा युनाइटेड पाकिस्तान महिला च्याम्पिनसिपको सेमिफाइनलमा

काठमाडौं, चैत १७ मासा युनाइटेड पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। चार नेपाली राष्ट्रिय महिला खेलाडी आबद्ध मासा युनाइटेड क्वार्टरफाइनलमा वाक ओभर पाउँदै सेमिफाइनलमा पुगेको हो।

मंगलबारका लागि तय भएको क्वार्टरफाइनलमा मासालाई दिया महिला फुटबल क्लबले वाक ओभर दिएको हो । अब फाइनल प्रवेशका लागि मासाले अप्रिल १मा हाइल्यान्डसँग खेल्ने छ।

नेपाली राष्ट्रिय टिमकी गोलकिपर एन्जिला तुम्बाफोको कप्तानीमा रहेको मासमा स्ट्राइकर अनिता केसी, मडिफिल्डर सरु लिम्बू र डिफेन्डर गीता राना छन्।

मासाले पहिलो खेलमा सियालकोट सिटीलाई १९–० ले हराएको थियो भने दोस्रो खेलमा हाइयर एजुकेसन कमिसनलाई ४–०ले हराएको थियो। उसले तेस्रो खेलमा कराँची महिला फुटबल क्लबमाथि ३५–०को जित निकालेको थियो भने राँची युनाइटेडसँग २–२ गोलको बराबरी खेलेको थियो।

प्रतियोगिताको ४ खेलमा अनिता सार्वधिक २४ गोल गर्दा सरुले २१ गरेकी छन् । यस्तै, गीता ३ र गोलकिपर एन्जिलाले पनि २ गोल गरेकी छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.