प्रशिक्षक बन्न एलेग्रीलाई रियलको प्रस्ताव, प्रतिसिजन १० मिलिनय युरो दिन तयार

स्पेनिस जाइन्ट रियल मन्ड्रिडले प्रशिक्षक बन्नाका लागि इटालियन प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई प्रस्ताव गरेको छ।

फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेपछि रियलले आगामी सिजनका लागि एलेग्रीलाई प्रस्ताव गरेको इटालियन स्पोर्टस् न्युज पोर्टल ला गाजेटा डेल स्पोट्र्सले जनाएको छ।

उसका अनुसार एलेग्रीसामु रियलले प्रति सिजन १० मिलियन युरोको प्रस्ताव गरेको छ। रियलले एलेग्रीसामू २ वर्षको प्रस्ताव गरेको बताइएको छ। सम्झौता एक वर्ष थप्न सक्ने अप्सन पनि रियलले एलेग्रीलाई दिएको छ।

५३ वर्षीय एलेग्री २ वर्षयता क्लबबिहीन छन् । सन् २०१६मा युभेन्ट्स आएका उनले ०१९मा राजिनामा दिएका थिए । त्यसअघि उनले स्पाल, ससुओलो, एसी मिलानलगायतका क्लब सम्हालिसकेका छन्। उनले युभेन्ट्सलाई ५ सिरि एसँगै कुल ११ उपाधि दिलाएका थिए । उनकै प्रशिक्षणमा २ पटक युभेन्ट्स च्याम्यिसन्स लिगको फाइलनमा पुगेको थियो । उनले एसी मिलानलाई पनि सिरि ए उपाधि दिलाएका छन्।

मे २३ मा हुने ला लिगाको अन्तिम खेलसँगै जिदानले रियल छाड्ने छन् । उपाधि होडमा रहेको रियलले अन्तिम खेलमा भिल्लारियलको सामाना गर्ने छ। भिल्लारियललाई हराए र एट्लेटिकोले अन्तिम खेलमा अंक गुमाए रियल च्याम्पियन बन्ने छ।

जिदान मार्च ११ सन् २०१९मा दोस्रो पटक रियलको प्रशिक्षक बनेका थिए । त्यसता उनले रियललाई ला लिगा र सुपरकोपा उपाधि जिताएका छन् । त्यसअघि उनी सन् २०१६ देखि ०१८ सम्म पनि रियलको प्रशिक्षक बनेका थिए । सोअवधिमा रियलले ३ च्याम्पियन्स लिग र ला लिगासहित ९ उपाधि जितेको थियो।

रियलको नयाँ प्रशिक्षकका लागि रियलकै बी टिमका प्रशिक्षक तथा पूर्वखेलाडी राहुल र जर्मनीको राष्ट्रिय टिमका प्रशिक्षक जोचिम लोको पनि चर्चा छ।

Facebook Comments Box