लगातार आठौंपटक बायर्नले जित्यो उपाधि

बायर्न म्युनखिले लगातार आठौंपटक बुन्डेसलिगा उपाधि जितेको छ । शनिबार राति भएको खेलमा वुल्भ्सवर्गमाथि ४–०को जितसहित बायर्नले लगातार आठौं उपाधि उचाल्यो ।

बायर्नले फराकिलो जितसँगै सिजनको अन्त्य गरेको छ । उसले दुई खेलअघि नै उपाधि भने जितिसकेको थियो । यो बायर्नको कीर्तिमानी उपाधि हो । युरोपका शीर्ष पाँच लिगमा लगातार आठ पटक लिग जित्ने कीर्तिमान बायर्नले बराबरी ग¥यो । यसअघि इटलीको युभेन्ट्सले सन् २०१–९१२ देखि २०१८–१९ सम्म लगातार आठ पटक सिरी ए जितेको थियो ।

समग्रमा यो बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि हो । बायर्नले ३०औं उपािध जित्ने त्रक्रममा २६ जित, ४ बराबरी र ४ हारको सामान गरेको थियो । उसले विपक्षीको पोस्टमा १०० गोल ग¥यो ।

वुल्फ्सबर्गविरुद्ध बायर्नलाई जित दिलाउन किन्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक–एक गोल गरे । चौंथो मिनेटमा कोम्यानको गोलबाट बायर्नले सुरुवाती अग्रता बनाएको थियो । ३ औं मिनेटमा कुइसानले गोल गर्दै अग्रता दोब्बर बनाए ।

७२औं मिनेटमा लेवान्डोस्कीले पोनाल्टीमा गोल गर्र्दै बायर्नलाई ३–०को अवस्थामा ल्याए । जोसुवा गुइलाभोगुइले कुइसानलाई डिबक्समा फाउल गरेपछि बायर्नले पेनाल्टी पायो भने जोसुवाले रातोकार्ड ।

लेवान्डोस्कीको यो लिगमा सिजनको ३४ औं गोल समेत हो । उनी यस सिजनको लिगमा सर्वाधिक गोलकर्ता हुन् । ७९औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ४–० को जित दिलाए ।

उपाधि जित्ने क्रममा बायर्नले यस सिजन ३४ खेलबाट ८२ अंक जोड्यो । यो दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा १३ अंक बढी भयो । वोल्फ्सबर्ग ४९ अंकका साथ सातौं स्थानमा रह्यो ।

यसैगरी वेर्डर ब्रेमेन, डुसलडोर्फ र पार्डाबोन रेलिगेसनमा परेका छन् । ब्रेमेनको ३१, डुसलडोर्फको ३० र पार्डाबोनको २६ अंक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.