म्यानचेस्टर सिटीले पोर्चुगिज मिडफिल्डर म्याथ्युज नुनेजलाई अनुबन्धन गरेको छ। सिटीले अर्को प्रिमियर लिग क्लब वुल्भ्सबाट नुनेजलाई ५३ मिलियन पाउण्डमा भित्र्याउने पक्का हो। तर, औपचारिक घोषणा भने हुन बाँकी छ।
सिटीले घाइते केभिन डेब्रुयनाको स्थान पूर्ति गर्न नुनेजलाई भित्र्याएको हो। २५ वर्षीय नुनेज प्रिमियर लिगमा १ सिजनमै मिडफिल्डमा राम्रो छाप छोड्न सफल भएका छन्।
उनी अघिल्लो सिजन मात्र पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट वुल्भ्स आएका थिए। वुल्भ्सबाट ४१ खेल खेल्दै उनले १ गोल गरेका छन्।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मिडफिल्ड बलियो बनाउन नै नुनेजलाई अनुबन्ध गर्नुपर्ने दबाब व्यवस्थापनलाई दिएका थिए।
सिटीका मिडफिल्डर तथा मुख्य खेलाडी केभिन डे ब्रुयनेलाई चोटको समस्या छ। उनी चार महिना मैदानबाहिर बस्नुपर्ने प्रशिक्षक पेपले जानकारी दिएका छन् । प्रशिक्षक पेपले केभिनको स्थानमा आगामी खेलमै नुनेजलाई समावेश गर्ने तयारी गरेका छन् ।