नेदरल्यान्ड्समाथि चेक रिपब्लिकको सानदार जित, क्वार्टरफाइनलमा डेनमार्कसँग भिड्ने

जारी युरोकपमा ‘डार्क हर्स’का रुपमा रहेको चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति हंगेरीको बुडापेस्टमा भएको खेलमा नेदरल्यान्ड्समाथि २–० को जित निकाल्दै चेक रिपब्किलक अन्तिम ८ मा प्रवेश गरेको हो।

अब चेक रिपब्लिकले सेमिफाइनल प्रवेशका लागि डेनमार्कको सामाना गर्ने छ। डेनमार्क वेल्सलाई ४–०ले हराउँदै क्वार्टरफाइनल पुगेको हो।

नेदरल्यान्ड्सविरुद्ध चेकलाई जित दिलाउन प्याट्रिक सिक र टोमस होलेसले गोल गरे । दुवै गोल चेकले दोस्रो हाफमा गरेको थियो।

पहिलो हाफमा नेदरल्यान्ड्सले चेकमाथि दबाब बनायो, तर गोल भने गर्न सकेन । ५५औं मिनेटमा म्याथिस डि लिग्टले रेडकार्ड पाएपछि नेदरल्यान्ड्स दबाबमा आएको थियो। चेकका कप्तान टोमस सोजेकमाथि फाउल गरेपछि भारतमार्फत डि लिग्टले रेडकार्ड पाएका थिए।

नेदल्यान्ड्सले १० खेलाडीमा समेटिएपछि चेकले खेलमा पडक बनाएको थियो । फलस्वरुप उसले ६८औं मिनेटमा अग्रता लियो । टोमस कलासले हेडिङमार्फत दिएको पासमा होलेसले हेडिङमै गोल गरेका थिए।

८०औं मिनेटमा होलेकै पासमा सिकले गोल गर्दैृ चेकलाई २–०को जित दिलाए । सिकले जारी युरोकपमा गरेको यो चोथो गोल हो। यसअघि उनले समूह चरणमा स्कटल्यान्डविरुद्ध २ र क्रोएसियाविरुद्ध १ गोल गरेका थिए।

उनी यरोकपको गोल्डेन बुटको रेसमा पोर्चुगलका क्रिस्टिायानो रोनाल्डोभन्दा मात्र पछि छन् । ३ खेलमा ५ गोल गरेका रोनाल्डो गोल्डेन बुटको रेसमा अगाडि छन्।

Facebook Comments Box