लिलेसँग हार्‍यो पिएसजी, नेमारले पाए रातो कार्ड

फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन पिएसजी लिलेसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा पिएसजी लिलेसँग १–०ले पराजित भएको हो।

यो हारसँगै पिएसजी दोस्रो स्थानमा झरेको छ। पिएसजीको ६३ अंक छ भने पिएसजीलाई हराएको लिले ६६ अंकका साथ शीर्ष स्थानमा छ।

जोनाथन डेविडले २७ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। निकै प्रतिपर्धात्मक खेलमा त्यसपछि कुनै गोल हुन सकेन। पिएजी घरेलु मैदानमा लागातार तीन खेलमा पराजित भयो।

खेलको अन्त्य दुवै टिमले १० खेलाडीमा रहेर गरे । पिएसजीका नेमार र लिलेका थिएगो डजालो रातो कार्ड पाएका थिए।

खेलको ९०औं मिनेटमा आउट गएको बल निले क्रममा थिएगोलाई धकेल्दा नेमारले दोहोरो पहेँलो कार्ड पाउँदै रातो कार्ड भएका थिए भने नेमारसँग प्रतिवाद गरेपछि थिएगोलाई पनि रेफ्रिले पहेँलो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए।

चोटमुक्त हुँदै फर्किएको पहिलो खेलमै नेमारले रातो कार्ड पाए। गत फेब्रुअरी १० मा फ्रेच कपमो अन्तिम ६४ को खेलमा केइनविरुद्धको खेलमा नेमार घाइते भएका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.