मोरिससनको फुटबल टिम नेपालमा, भन्छ– नेपाली टिम बलियो छ

Read Time:1 Minute

माघ १५ र १८ गते दशरथ रंगशालामा हुने हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अफ्रिकी मुलुक मोरिसको फुटबल टिम अहिले नेपालमा छ । टिम सोमबार नेपाल आइपुगेको हो।

नेपालले पहिपो पटक अफ्रिकी मुलुकसँग खेल्न लागेको हो । तर, वरियतामा मोरिसस नेपालभन्दा पछाडि छ।

काठमाडौं आएपछि मोरिसका प्रशिक्षक टोनी फ्रान्सिसले नेपाली टिम बलियो भएको बताएका छन् । उनले नेपालविरुद्धको खेललाई लिएर आफूहरु उत्साहित भएको पनि बताए ।

‘हामीलाई दुई खेलका लागि निमन्त्रण दिएकोमा नेपाललाई धन्यवाद । नेपाल बलियो टिम हो तर यी टिमबीचको खेल प्रतिस्पर्धात्मक हुनेछ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भने, ‘हाम्रो टिम आफूले राम्रो चुनौती पेस गर्नेमा विश्वस्त छ । हामी अहिले कहाँ छौं नेपालविरुद्धको खेलले देखाउने छ ।’

अफ्रिकी कप अफ नेसन्सको अर्को संस्करणको प्रारम्भिक छनोट अबको केही महिनापछि मार्चमा सुरु हुँदै छ । मोरिससले नेपालको भ्रमणलाई यसकै तयारीका रूपमा लिएको छ ।

फिफा वरीयतामा मोरिसस १ सय ७२ औं स्थानमा छ । मोरिसस फुटबलको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भन्नु नै सन् १९७४ को अफ्रिकी कप अफ नेसन्स खेल्नु हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अफ्रिका कप अफ नेशन्समा दर्शकबीच झडप हुँदा ६ जनाको मृत्यु
Next post ४ वर्षपछि इटालीको टिममा बालोटेलीको पुनरागमन
Close