एन्फाले तोक्यो मैत्रीपूर्ण खेलको टिकट मूल्य, कति पर्छ टिकट मूल्य ?

Read Time:1 Minute

अखिल नेपाल फुटबल संघ (एन्फा) आसन्न मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिकट मूल्य निर्धारण गरेको छ। एन्फाले मंगलबार एक तिहाई दर्शकको उपस्थितिमा हुने दुई मैत्रीपूर्ण खेलका लागि टिकट मूल्य निर्धारण गरेको हो।

एन्फाले खेलका लागि सामान्य प्यारापिटतर्फ ५०० र भिआईपीतर्फ १ हजार रुयैयाँ टिकट मूल्य तोकेको छ। एन्फले यसअघि नै खेल हेर्नका लागि दर्शकलाई खोप कार्ड अनिवार्य गरिसकेको छ।

नेपालले अफ्रिकी मुलुक मोरिसससँग माघ १५ र १८ गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल ेखल्ने छ।

नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि मोरिससको टिम सोमबार नै नेपाल आइससकेको छ। नेपाली टिम भने एक साताअघिदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा बन्द प्रशिक्षणमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल र मोरिससबीचको खेल हेर्न एक तिहाई दर्शकलाई अनुमति
Next post आहा रारा गोल्डकप : पाँच पटकको विजेता थ्री स्टार क्वार्टरफाइलनबाटै बाहिरियो, आर्मी सेमिफाइनलमा
Close