
नेपाल र मोरिससबीचको खेल हेर्न एक तिहाई दर्शकलाई अनुमति
माघ १५ र १८ गते दशरथ रंगशालामा हुने नेपाल र अफ्रिकी मुलुक मोरिससबीचको मैत्रीपूर्ण खेलका लागि एक तिहाई दर्शकलाई मात्र रंगशाला प्रवेशका लागि अनुमति दिइएको छ।
कोरोना संक्रमण बढिरहेकाले स्वास्थ्य प्रोटोकल अनुसार एक तिहाई दर्शकलाई मात्र अनुमति दिइएको एन्फाले जनाएको छ।
नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि मोरिससको टिम सोमबार नै नेपाल आइससकेको छ। नेपाली टिम भने एक साताअघिदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा बन्द प्रशिक्षणमा छ।