सार्री युभेन्टसको नयाँ प्रशिक्षक

इटालियन च्याम्पियन युभेन्टसले नयाँ प्रशिक्षककाका रुपमा माउरिजियो सार्रीलाई नियुक्त गरेको छ । सिजनको समाप्तिसँगै मासिमिलिआनो एलेग्रीले क्लब छाडेपछि युभेन्ट्स प्रशिक्षकबिहीन थियो ।

एलेग्रीलाई विस्थापन गर्दै प्रशिक्षक बनेका सार्रीले अब ३ वर्ष युभेन्ट्सको प्रशिक्षण सम्हाल्ने छन् । सार्री गत सिजन मात्र इटालिनय क्लब नेपोली छाड्दै इंग्लिस क्लब चेल्सीमा आबद्ध भएका थिए ।

खराब लयमा रहेका चेल्सीलाई सही ट्रयाकमा ल्याउँदै सार्रीले चेल्सीलाई युरोपा लिग च्याम्पियन बनाउनुका साथै लिगमा पनि तेस्रो बनाएका थिए । सार्री ५ मिलियन युरोमा युभेन्टस आएको एजेन्सीहरुले जनाएका छन् ।

उनी चेल्सीमा रहदाँ ४० जित, ११ बराबरी, १२ हारको नतिजा आत्मसाथ गरे । उनको प्रशिक्षणमा चेल्सीले १२३ गोल ग¥यो भने ६७ गोल खाएको छ । सार्री सन् २०२१सम्म युभेन्टसमा रहनेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.