नेमार र इकार्डीको गोलमा पिएसजीले लियोनलाई हरायो

फ्रेन्च लिग वानमा पिएसजी विजयी भएको छ। आइतबार राति भएको खेलमा माउरो इकार्डीले इन्जुरी समयमा गरेको गोल मद्दतमा पिएसजीले लियोनमाथि २–१को पुनरागमन जित निकालेको हो।

पिएसजीको जितमा नेमार र इकार्डीले गोल गरे भने लियोनका लुकास पक्वेटाले गोल गरेका थिए।

पिएसजीको घरेलु मैदानमा पार्क डे प्रिन्समा लुकास पाक्वेटाले ५४औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । तर ६६औं मिनेटमा नेमारले पेनाल्टीमार्फत पीएसजीका लागि बराबरी गोल गरे ।

बराबरीतर्फ अग्रसर भएको खेलमा इकार्डीले इन्जुरी टाइमको तेस्रो मिनेट किलिएन एमबाप्पेको पासमा निर्णायक गोल गर्दै पीएसजीलाई तीन अंक दिलाए ।

जितपछि शीर्ष स्थानको पीएसजीले ६ खेलबाट १८ अंक जोडेको छ । एक खेल कम खेलेको मार्से १३ अंकसहित दोस्रो स्थानमा छ ।

Facebook Comments Box