भ्यालेन्सियाको कठीन जित

भ्यालेन्सिायाले ला लिगामा कठीन जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियाले इबारलाई १–०ले हराउँदै महत्वपूर्ण जित निकालेको हो ।

घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन म्याक्सीमिलआनो गोमेज गोन्जालेसले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्म खेलमा उनले पहिलो हाफको २७औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा भ्यलेसिन्याले खेल १–०ले जित्यो । इबारले खेलमा गोलका केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

खेलमा भ्यालेन्सियाले ५२ प्रतिशत बल पोजेसन बनाएको थियो । तर, उसले इबारको पोस्टमा उल्लेख्य आक्रमण भने गर्न सकने । उसले ९ सट प्रहार गरेकोमा १ सट मात्र फ्रेममा थियो । इबारले १० सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो ।

जितसँगै भ्यालेन्सिया ३१ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । उनले १९ खेलमा ८ जित, ७ बराबरी र ४ हारको सामना गरेको छ । इबार भने १९ अंकका साथ १६औं स्थानमा छ । ४० अंकका साथ रियल शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना ३९ अंकका साथ दोस्रो स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.