फर्पिङलाई हराउँदै आर्मी भेट्रन्स फुटबलको नकआउट चरणमा

विभागीय टिम त्रिभुवन आर्मी भेट्रान्स क्लब राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबलको नकआट चरणमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ले हराउँदै आर्मी नकआउछ चरण प्रवेश गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा आर्मीलाई जित दिलाउन पूर्वराष्ट्रिय खेलाडी राजु तामाङले २ गोल गर्दा विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले पनि गोल गरे। फर्पिङका निरज श्रेष्ठले एक गोल फर्काए ।

जितसँगै आर्मीले समूह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ । आर्मीले २ खेलमा ६ अंक जोड्यो । आर्मीले पहिलो खेलमा फुटबल फेलोसिप क्लबलाई ७–१ले पराजित गरेको थियो।

Facebook Comments Box