मेयर कप भेट्रान्स फुटबल : नरेन्द्रमणिको ह्याट्रिकमा झापाले हेटौंडालाई हरायो, साइनिङ सन पनि विजयी

मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा झापा भेट्रान्स फुटबल क्लब र साइनिङ सन फुटबल एकेडेमी विजयी भएका विजयी भएका छन्। मंगलबार दशरथ रंगशालामा भएको खेलमा झापाले विजय युथ क्लब हेटौंडालाई ५–१ले हराउँदा साइनिङ सनले ललितपुर वडा नं. १४ लाई २–०ले हरायो।

मंगलबार भएको पहिलो खेलमा विजय युथ हेटौडाविरुद्ध झापालाई जित दिलाउने क्रममा नरेन्द्रमणि लिम्बूले ह्याट्रिकसहित ४ गोल गरे भने श्यामकुमार गोलेले एक गोल गरे। हेटौंडाका कृष्ण शाक्यले एक गोल फर्काए ।

यस जितसँगै समूह ई को झापाले ३ अंक जोडेको छ भने हेटौंडाको पनि २ खेलमा ३ अंक नै छ । पहिलो खेलमा हेटौंडाले काभ्रे भेट्रान्सलाई हराएको थियो ।

यसैगरी मंगलबार नै भएको अर्कोे खेलमा साइनिङ सन फुटबल एकेडेमीले ललितपुर वडा नं. १४ लाई २–० ले हरायो। साइनिङ सनका लागि उमेश लामा र राजु दंगालले गोल गरे ।

Facebook Comments Box