मेयर कप भेट्रान्स फुटबल : प्रदीप महर्जनको निर्णायक गोलमा भनिमण्डल विजयी, सुरेन्द्र तामाङ चम्किँदा एसएनकेसीको जित

काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा भनिमण्डल स्पोर्टिङ क्लब र एसएनकेसी विजयी भएका छन् । सोमबार दशरथ रंगशालामा भएको खेलमा भनिमण्डलले बिआर ब्रोदर्सलार्य १–०ले रहयो भने एसएनकेसीले बौद्ध भेन्ट्रान्सलाई ४–०ले हरायो।

प्रतियोगितामा भनिमण्डललाई लगातार दोस्रो जित दिलाउने क्रममा पूर्वराष्ट्रिय खेलाडी प्रदीप महर्जजन निर्णायक गोल गरे । उनले खेलको ५८ औं मिनेटमा गोल गरेका थिए । उसले पहिलो खेलमा भनिमण्डलले न्युरोड टिम (एनआरटी)लाई २–० ले हराएको थियो ।

यसैगरी सोमबार नै भएको अर्को खेलमा एसएनकेसीले बौद्ध भेट्रान्सलाई ४–० ले हराएको छ । एसएनकेसीको जितमा पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक सुरेन्द्र तामाङले दुई गोल गरे भने रमेश सिन्केमान र बिभोर गुरुङले एक गोल गरे ।

Facebook Comments Box