मेयर कप भेट्रान्स फुटबल शनिबारबाट, उद्घाटन खेलमा आर्मी र फेलोसिप भिड्ने

Read Time:1 Minute

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। फुटबलर्स मिसन टुगेदरले आयोजनामा हुन लागेको प्रतियोगिता शनिबारटबा सुरु हुँदै छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स क्लब र फुटबल फेलोसिप क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ।

कात्तिक ६ देखि १६ गतेसम्म हुने प्रतियोगितामा २१ टोलीले प्रतिस्पर्धा गर्दै छन् । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रतियोगिताका लागि एक टोलीमा २० खेलाडी राख्‍न पाइने छ । जसमा ३५ देखि ४० वर्ष उमेर सम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ । खेलको समय अवधि ६० मिनेट ९एक हाफ ३० मिनेट० को हुने आयोजकले पत्रकार सम्मेलेनमा जानकारी दियो । खेलमा सात खेलाडी परिवर्तन गर्न पाइने नियम आयोजकले बनाएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितालाई ललितपुर महानगरपालिकाले प्रायोजन गरेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अन्सु फाती अझै ६ वर्ष बार्सिलोनामा रहने
Next post अफगानी महिला भलिबल खेलाडीको घाँटी रेटेर हत्या
Close