
एमबाप्पेबाट किन खोसियो ७ नम्बरको जर्सी?
फ्रेन्च कपमा पिएसजीले सोमबार राति निससँग खेल्यो । खेलमा पेनाल्टी सुटआउटमा पिएसजी ६–५ले पराजित भयो। यो हारसँगै उ प्रतियोगिताको अन्तिम १६बाटै बाहिरियो।
सो खेलमा पिएसजीले स्टार खेलाडी किलियन एमबाप्पेलाई बेन्चमा राख्यो। सँगै, एमबाप्पेले लगाउँदै आएको ७ नम्बरको जर्सीमा आन्द्रे हरेरा सुरुआतमै मैदानमा थिए ।
एम्बाप्पे दोस्रो हाफमा मैदान प्रवेश गरे। सधैं ७ नम्बरको जर्सीमा देखिने एमबाप्पे निसविरुद्ध १७ नम्बरको जर्सीमा देखिए ।
योसँगै प्रश्न उठ्यो के एम्बाप्पेले क्लब छाड्ने पक्का भएको हो ? निसविरुद्ध ७ नम्बरको जर्सी नदिएकै आधारमा धेरैले एम्बाप्पेले क्लब छाड्ने पक्का भएको अड्कल काटेका छन्।
पिएसजी र निसबीचको खेल सुरु नहुँदै २३ वर्षिय स्ट्राइकर एमबाप्पे रियल मड्रिड जाने पक्का भइसकेको समाचार आए । रिर्पाट अनुसार एमबाप्पे र रियलबीच वार्षिक ५० मिलियन युरो पाउने गरी सहमति भएको छ ।
यो समचारलाई थप बल निसविरुद्ध एमबाप्पेलाई ७ नम्बरको जर्सी नदिनुले केही हदसम्म पुष्टी गरेको छ।
पिएसजीसँग एमबाप्पेको सम्झौता सिजनको अन्त्यसम्म मात्र छ । अघिल्लो सिजनदेखि नै एमबाप्पे पिएसजी छोड्न चाहिरहेका छन्, त्यसैले उनले सम्झौता नवीकरण गर्न मानेका छैनन्।
एमबाप्पेलाई सित्तै छोड्नु आर्थिक रुपमा पिएसजीलाई ठूलो घाटा हो । उनी अहिले सर्वाधिक मार्केट भ्यालु भएका खेलाडी हुन्। त्यसैले पिएसजीले एमबाप्पेसँग सम्झौता नवीकरण हरसम्भव प्रयास गरिरहेको छ।