एम्बाप्पे सर्वाधिक महँगा फुटबलर, हलान्ड दाेस्राे स्थानमा

पिएसजीको फ्रेन्च स्ट्राइकर किलियन एम्बप्पे विश्वकै सर्वाधिक महँगा फुटबलर बनेका छन्। वर्तमान मार्केट भ्यालुका आधारमा फुबटल बेन्चमार्कले निकालेको सूचीमा एम्पाप्पे शीर्ष स्थानमा रहेका हुन्।

विश्वकप विजेता यी २२ वर्षीय युवा स्ट्राइकरको मार्केट भ्यालु अहिले १६३ मिलियन पाण्ड छ । पिएसजीमा उत्कृष्ट प्रदर्शन गरिरहेका उनलाई भित्र्याउन रियल मड्रिड, लिभरपुल लगायतका क्लब लागिपरेका छन्।

मार्केट भ्यालुका आधारमा सार्वधिक महँगा फुटबलरको सूचीमा दोस्रो नम्बरमा बोरुसिया डर्टमन्डका इर्लिङ हलान्ड छन् । उनको मार्केट भ्यालु ११३ मिलियन पाउण्ड छ। यस्तै, तेस्रो स्थानमा १०९ मिलियन पाउण्डक साथ इंग्लिस क्लब टोटनह्याम स्ट्राइकर ह्यारी केन छन् चौथो नम्बरमा म्यान्चेस्टर युनाइटेडका मार्कस रोस्फोर्ड छन्। उनको मार्केट भ्यालु १०६ मिलियन पाण्ड छ।

यसैगरी यो सूचीको पाँचौं नम्बरमा म्यान्चेस्टर सिटीका रहिम स्टर्लिङ, छैठौं नम्बरमा पिएसजीका ब्राजिलियन स्टार नेमार, सातौं नम्बरमा सिटीकै केभिन डे ब्रयुन छन् । उनीहरुको मार्केट भ्यालु क्रमशः १०२, १०० र ९७ मिलियन पाण्ड छ।

यस्तै, आठौं नम्बरमा ९५ मिलियनका साथ डर्टमन्डका जाडोन सान्चो छन् भने ९५ मिलियन पाउण्ड नै मार्केट भ्यालु रहेका लिभपुलका मोहम्मद सलाह र ट्रन्ट अलेक्जेन्डर आर्नोल्ड नवौं र दशौं स्थानमा छन्।

Facebook Comments Box