एमबाप्पेले दुई गोल गर्दा पिएसजी विजयी

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ। शनिबार राति भएको किलियन एमबाप्पेले दुई गोल गरेपछि पीएसजीले डिजोनलाई ४–०ले हरायो।

डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे भने मोइस किन र डानिलो पेरेइराले एक–एक गोल रह्यो ।

छैटौं मिनेटमा मोइसको गोलबाट पीएसजीले अग्रता लियो। ३२औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता बताए। पहिलो हाफ २–०मै सकियो।

दोस्रो हाफमा पनि पिएसजीले २ गोल गरेको थियो। ५१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३–० बनाए। त्यसपछि खेलको ८२औं मिनेटमा डानिलोले गोल गर्दा पीएसजीले सहज जित निकाल्यो ।

जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ। उसको २७ खेलमा ५७ अंक भएको छ। शीर्ष स्थानको लिलेको ५८ अंक छ । डिजोन १५ अंक जोडेर पुछारमा रहेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.