एम्बाप्पे चम्किँदा पिएसजीले लिलेलाई हरायो

किलियन एम्बाप्पेको दुई गोल मद्दतमा लिललेलाई हराउँदै पिएसजी फ्रेन्च कप फुटबलको अन्तिम ८मा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा एम्बाप्पेको दुई गोल मद्दतमा लिलेलाई ३–०ले हराउँदै पिएसजीले फ्रेन्च कपको अन्तिम ८मा प्रवेश गरेको हो।

बुधबार राति घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन एम्बाप्पेले २ तथा माउरो इकार्डीले १ गोल गरे । नवौं मिनेटमा इकार्डीको गोलमा पिएसजीले सुरुवाती अग्रता लियो। ४१औं मिनेटमा एम्बप्पेले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफमा पिएसजीले २–०को अग्रता लियो।

इन्जुरी समयको तेस्रो मिनृटमा एम्बाप्पेले गोल गरेपछि पिएसजीले लिललेमाथि ३–०को सहज जित निकाल्यो ।

खेलमा दबाब भने लिले बनाएकाृ थियो । उसलेले ५१ प्रतिशत बल पोजेसन बनाउँदै पिएसजीको पोस्टमा १८ सट प्रहार गरेको थियो, जसमध्ये ५ सट फ्रेममा थियो। यता, पिएसजीले ११ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.