एम्बाप्पेले च्याम्पियन्स लिग गुमाउने !

पिएसजीका युवा स्ट्राइकर किलियन एम्बाप्पेले च्याम्पियन्स लिग गुमाउने सम्भावना बढेको छ । शुक्रबार राति फ्रेन्च कपको फाइनलमा घाइते भएपछि एम्बाप्पेले च्याम्पियन्स लिग गुमाउन सक्ने भएका हुन् ।

फाइनलका क्रममा इटेइनका कप्तान लोईन पेरिनको खराब ट्याकलका कारण एम्बाप्पेको खुट्टाको लिगामेन्ट ड्यामेज भएको छ । सोही कारण एम्बप्पेले सिजनका बाँकी सबै खेल गुमाउने बताइएको छ ।

चिकित्सकहरूले एम्बाप्पेले एक महिना पूर्णरुपमा आराम गर्नुपर्ने बताएका छन् । यस्तै, चिकित्सकहरुले लिगामेन्ट ड्यामेज भएको पूर्णरुपमा निको हुन चार महनिा लाग्ने बताएका छन् ।

एम्बाप्पेको चोटका विषयमा पिएसजीले भने कुनै प्रतिकृया दिएको छैन, तर चोटका कारण एम्बाप्पेले अगस्ट १ मा हुने लिग कपको फाइनल गुमाउने पक्का छ । फाइनलमा पिएसजीले लियोनसँग खेल्दैछ । यस्तै उनले च्याम्पियन्स लिग अन्तर्गत एटलान्टासँग हुने खेल पनि गुमाउने खतरा छ । पिएसजीले एटलान्टासँग च्याम्पियन्स लिगको क्वाटरफाईनलमा अगस्ट दोस्रो साता खेल्दैछ ।

शुक्रबार राती भएको फ्रेन्च कपको फाइनल खेलमा नेयमारको गोलसँगै पिएसजीले इटेइनलाई १–० ले पराजित गर्दै उपाधि उचालेको थियो ।

खेलको ३० औं मिनेटमा इटेइनका कप्तान लोईन पेरिनले एम्बाप्पे माथि निकै खराब ट्याकल गरे । त्यसपछि दुवैले मैदान छाडे । पेरिनले सिधै रातो कार्ड भए भने एम्बाप्पे घाइते भएर मैदान छाड्न बाध्य भए । मेडल लिन एम्बाप्पे वैशाखीको राहरा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP