एम्बाप्पे लिग वानका सर्वोत्कृष्ट खेलाडी

पिएसजीका युवा स्ट्राइकर किलियन एम्बाप्पे फ्रेन्च लिग वानको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। पिएसजी ७ वर्षपछि उपाधि जित्न नसकेपछि एम्बाप्पले सिजनभर उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यो सिजन लिग वानमा २७ गोल र ७ असिस्ट गरेका एम्बाललाई फ्रेन्च फुटबल एसोसिएसनले लिगको आइतबार यो सिजनको सर्वोत्कृष्ट खेलाडी चयन गरेको हो।

यस्तै, एम्बाप्पेले लागतार तेस्रो सिजन लिग वानको गोल्डेन बुट पनि जितेका छन् । यसक्रममा उले लियोनका मेम्फिस डिपेलाई पछि उनले २० गोल गरेका थिए।

एम्बाप्पे पिएसजी छोड्ने तयारीमा छन् । त्यसैले उनले पिएसजीसँगको सम्झौता नवीकरण गर्न अस्वीकार गरिरहेका छन् । उनको सम्झौता सन् २०२२ मा सकिँदै छ । उनी स्पेनिस क्लक रियल मड्रिड जाने सम्भावना प्रवल छ।

Facebook Comments Box